१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

पाल्पामा छतबाट खसेर एक पुरुषको मृत्यु



बुटवल ।

पाल्पाको रामपुरमा छतबाट खसेर एक जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका–६, बस्ने ५७ वर्षका नेत्रबहादुर हमालको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय दाङले कच्चीघरको एक तले छतबाट भूइँमा खसेर गम्भीर घाइते भएका हमालको उपचारका लागि रामपुर अस्पताल ल्याएपछि मृत्यु भएको जनाएको छ । प्रहरीले घटनाको थप थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७ शुक्रबार ००:००  ४ : ०८ बजे