२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

थप ८९९ मा कोरोना संक्रमण, १५ को मृत्यु



काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ।
पछिल्लो २४ घण्टामा एक हजार ३ सय ५९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ८९ पुगेको छ।

प्रकाशित मिति : २७ मंसिर २०७७ शनिबार ००:००  ४ : २४ बजे