२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

आजको स्थायी कमिटि वैठक नै अनिश्चित, नेकपाका पाँच नेता खुमलटारमा



काठमाडौँ । संसद विघटन गर्ने प्रस्ताव बोकेर नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शितल निवासतिर गएपछि उनीसँग असन्तुष्ट रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच जना सचिवालय सदस्य खुमलटारमा भेला भएका छन्।

परिस्थिति जटिल बनेकाले आफूहरु भेला भएको खुमलटारबाट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देशसञ्चारलाई जानकारी दिए। भेलामा प्रचण्ड, खनाल, पार्टीका अर्का वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सामेल भएका हुन्।

नेता खनालले अहिले संसद विघटनको ओलीको सिफारिस राष्ट्रतिले स्वीकार गर्छिन् या गर्दिनन् भन्ने विषयलाई लिएर प्रतिपक्षा गरेको, राष्ट्रपतिले सिफारिस अनुमोदन गरेको खण्डामा उनीहरुविरुद्ध कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न लागेको बताए।

संसद विघटन सिफारिस प्रकरणले आइतबार एक बजे प्रस्तावित नेकपा स्थायी कमिटी बैठक अन्यौलमै छ।

प्रकाशित मिति : ५ पुस २०७७ आइतबार ००:००  १२ : ५३ बजे