८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रेस संगठन कपिलवस्तुको सिंगो समूह प्रचण्ड–नेपाल समूहमा



मायादेवी अनलाइन, बुद्धभूमि ।
प्रेस संगठन नेपाल कपिलवस्तु प्रचण्ड–नेपाल पक्षको बिचारमा दरो गरी उभिने लगभग पक्का भएको छ ।

बुधबार साँझ नेकपा नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थी, नेकपा जिल्ला कमिटी सचिव रामचन्द्र शाह, नेकपा जिल्ला सचिवालय सदस्य विष्णु बेल्वासे बीच भएको पछिल्लो राजनीतिक घटनाक्रमको चर्चामा उपस्थित पत्रकारको संख्याले उक्त कुरा देखाएको हो ।

संगठनका केन्द्रिय सदस्य मनिष कार्की, जिल्ला संयोजक डिलाराम भुसाल, सह–संयोजक हरि अधिकारी लगायत बहुमत जिल्ला कमिटी प्रचण्ड–नेपाल समूहमा खुलेर लागेका छन् ।

प्रधानमन्त्री ओलीले असंबैधानिक कदम चालेर संसद विघटन गरेको प्रति जिल्लास्थित संगठनका नेताले आपत्ती जनाएका छन् । जनताको बीचमा अस्थिरता अन्त्य गर्दै देशलाई समृद्धीको दिशमा लैजाने बाचा गरेर चुनावमा गएको नेकपालाई ओलीले बदनाम गराएको भन्दै पत्रकारहरुले उक्त कुरालाई प्रतिकार गर्ने भएका छन् ।

नेकपाका जनबर्गीय र पेशागत संगठन जिल्लाभित्र कता कता लाग्छन् भन्ने कौतुहलताका बीच सिंगो प्रेस संगठन प्रचण्ड–नेपाल समूहमा उभिएका हुन् ।

जिल्लामा प्रचण्ड–नेपाल पक्षको बिचार बोक्ने ९५ प्रतिशत सञ्चारकर्मी आफुहरु तिर रहेको सह–संयोजक हरि अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : ९ पुस २०७७ बिहिबार ००:००  ९ : ३० बजे