७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

नयाँ स्वरुपको कोरोना भारतमा फैलिएको पुष्टि



एजेन्सी ।

तीव्र गतिमा संक्रमण फैलिने नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण भारतमा पनि फैलिएको पुष्टि भएको छ। बेलायतमा पहिलो पटक देखिएको परिवर्तित कोरोना भाइरसको संक्रमण युरोप, उत्तर अमेरिका हुँदै भारतमा पुष्टि भएको हो ।

भारतमा ६ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । बेलायतबाट फर्किएका ६ जनामा नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण देखिएको र उनीहरुलाई आइसोलेशनमा राखिएको स्थानीय अधिकारीले बताएका छन् ।

नयाँ स्वरुपको कोरोना भाइरस तीव्र गतिमा फैलिने भए पनि यो भाइरस अघिल्लो भन्दा घातक भने प्रमाणित भएको छैन ।

भारतमा अहिलेसम्म एक करोड दुई लाख २४ हजार भन्दा बढिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै अहिलेसम्म कोभिड–१९ का कारण एक लाख ४८ हजार भन्दा बढि भारतीयको ज्यान गएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७ बुधबार ००:००  ९ : ३८ बजे