२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सुन आज तोलामा ११ सय रुपैँयाले बढ्यो



काठमाडौं ।
स्थानीय बजारमा मंगलबार पहेंलो धातुको मूल्यमा एक हजार १०० रुपैयाँले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको छ । छापावाला सुन सोमबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन आज प्रतितोला ९५ हजार ९०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा सोमबार कारोबार भएको थियो । यस्तै, चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार ३३५ रुपैयाँमा कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ३२५ रुपैयाँमा सोमबार कारोबार भएको थियो । रासस

प्रकाशित मिति : २१ पुस २०७७ मंगलबार ००:००  १ : १० बजे