२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

घरमा रेलिङ लगाउने कामदारको दुई तलाबाट खसेर मृत्यु



काठमाडौं ।

भक्तपुरमा घरमा रेलिङ हाल्ने क्रममा दुई तलाबाट खसेर कामदारको मृत्यु भएको छ।
बुधबार दिउँसो सूर्यविनायक नगरपालिका ५ बस्ने ४० वर्षीय ईश्वर कार्कीको लडेर मृत्यु भएको हो।
बिहान पौने १२ बजे वडा नम्बर ६ स्थित पाण्डु हाइट बस्ने गोविन्द राजकर्णिकारको घरको दुई तलाबाट कार्की खसेका थिए। रेलिङ हाल्ने क्रममा कार्की अचानक लडेर खस्दा गम्भीर घाइते भएका थिए।

तत्कालै उनलाई स्थानीयले मध्यपुर अस्पताल, ठिमी पुर्‍याएका थिए। उनलाई सवा १२ बजे चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक डिएसपी दीपक गिरीले जानकारी दिए।

घटनासम्बन्धी बुझ्न महानगरीय प्रहरी वृत्त, जगातीबाट प्रहरी निरीक्षक सानु तामाङको कमाण्डमा टोली खटिएको थियो। कार्कीलाई रामेछाप मन्थली घर भई सूर्यविनायक बस्ने ४५ वर्षीय राजन खड्काले ठेक्का गरी रेलिङ लगाउने काममा लगाएका थिए।
सोही रेलिङ लगाउने क्रममा उनको अचानक दुई तलाबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ पुस २०७७ बुधबार ००:००  ४ : ०२ बजे