२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

अख्तियार आयोगको कार्यालय बुटवलमा गुल्मीका ४१ उजुरी



गुल्मी ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा गुल्मी जिल्लाबाट ४१ वटा उजुरी दर्ता भएको छ। कार्यालयका सूचना अधिकारी सुरेश भुसालले दिएको जानकारीअनुसार स्थानीय तह ९संघीय मामिला० तर्फ १५,स्थानीय तहको शिक्षाका १३, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत २, प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको सिँचाइका २, प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको खानेपानी र शहरी विकासका २ वटा उजुरी दर्ता भएका हुन्‌।

​यस्तै प्रदेशकै भौतिक पूर्वाधार र यातायात मन्त्रालय अन्तर्गत १ वटा, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत १, कृषि पशुपन्छी मन्त्रालय अन्तर्गत १, प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत १, प्रदेशकै सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्यका एउटा उजुरी दर्ता भएको छ।

संचार तथा प्रविधि मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको पनि एउटा उजुरी दर्ता भएको भुसालले जानकारी दिए। उनका अनुसार दर्ता भएका कुल ४१ उजुरीमध्ये १३ वटा फर्छ्योट भएको छ।

प्रकाशित मिति : २५ पुस २०७७ शनिबार ००:००  ११ : ३० बजे