८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

निर्वाचनका सबै प्रक्रिया रोक्‍न माग गर्दै प्रचण्ड-माधव समूह निर्वाचन आयोगमा



काठमाडौं ।

आगामी वैशाखमा हुने भनिएको मध्यावधि निर्वाचनको सम्पूर्ण क्रियाकलाप र गतिविधिहरूलाई रोक्न अनुरोधका लागि नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको समूह निर्वाचन आयोगमा पुगेको छ। आयोगमा नेकपाको आधिकारिक पत्र लिएर अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल, लीलामणि पोखरेल, रघुजी पन्तलगायत स्थायी कमिटी सदस्य पनि पुगेका हुन्।

नेपका स्थयी समिति रघुजी पन्तले भने, हामी निर्वाचन आयोग कर्यालयमा आइपुगेका छौँ उनले थपे,कानुनी प्रक्रिया पुर्‍याएर निर्वाचन आयोगमा पार्टीले पत्र बुझाउने कार्यक्रम छ। प्रचण्ड नेपाल पक्षले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थापलियालगायत पदाधिकारीलाई भेटेर पार्टीको आधिकारिक पत्र बुझाउने बताइएको छ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन घोषणा भइसकेको छ। संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ।

प्रकाशित मिति : २७ पुस २०७७ सोमबार ००:००  १ : २६ बजे