८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

जिल्ला अदालत रुपन्देहीका नापी निरीक्षक घुससहित पक्राउ



बुटवल ।
जिल्ला अदालत रुपन्देहीका नापी निरीक्षक ९सर्वेक्षक० सुमित चौलागाईं र मनोज थापा घुस रकमसहित पक्राउ परेका छन्। सेवाग्राहीबाट पाँच हजार अतिरिक्त रकम लिएको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ।

उनीहरुलाई रूपन्देहीको कोटहीमाई गाउँपालिका १ बोगडियाबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। अदालतमा परेको जग्गासम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग अतिरिक्त रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिईएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।

उक्त विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

प्रकाशित मिति : १० माघ २०७७ शनिबार ००:००  ८ : ५० बजे