१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

वाणगंगाको बुङ्चीमा बस दुर्घटना, चालक र सहचालक फरार



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको वाणगंगा नगरपालिका बुङ्चीमा बस दुर्घटना भएको छ । प्यूठानबाट बुटवलका लागि छुटेको ना ६ ख ३५२१ नम्बरको बस बुङ्चीमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाको सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै चालक र सह-चालक भने फरार भएका छन् । घटनाबारे थप अनुसन्धान जारी छ ।

प्रकाशित मिति : १६ माघ २०७७ शुक्रबार ००:००  ६ : ०६ बजे