९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

माध्यमिक विद्यालयस्तरीय फुटवलको उपाधि बाल मावि वैरियाको पोल्टामा



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुरमा सम्पन्न भएको माध्यमिक विद्यालयस्तरीय फुटवल प्रतियोगिताको उपाधि वाल माधयमिक विद्यालय वैरियाले हात पारेको छ ।
जन ज्योति माविमा सोमबार भएको उपाधि भिडन्तमा बाल माविले होराइजन आवासिय मावि सिद्धिपुरलाई ३–१ गोल अन्तरले पराजित गरी उपाधि उचालेको हो ।

उपाधिसंगै बाल माविले शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा नगरभित्रका ९ विद्यालयका १० टिमले भाग लिएका थिए । विजेता टिमलाई प्रमुख अतिथि वडा नम्बर ७ का वडाध्यक्ष विष्णु गिरीले पुरस्कृत गर्नु भएको थियो ।

जनज्योति माविका प्राचार्य विष्णु भण्डारीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा होराइजनका प्राचार्य बासुदेव घिमिरे, बालमाविका सहायक प्रधानाध्यापक ओम प्रकाश घिमिरे, कपिलवस्तु फुटवल संघका अध्यक्ष तिलक थापा, वाणगंगा माविका शिक्षक नन्दु खनाल लगायको सहभागिता थियो ।

प्रकाशित मिति : १८ माघ २०७७ आइतबार ००:००  ७ : २४ बजे