२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर सिटी र लेस्टर सिटी विजयी



एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी र तेस्रो स्थानको लेस्टर सिटी विजयी भएका छन् ।

अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २–० ले पराजित गरेको हो । म्यानचेस्टर सिटीका लागि तेस्रो मिनेटमा गाब्रिएल जिसस र ३८ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गले गोल गरे ।

यस्तै बुधबार राति नै भएको खेलमा लेस्टर सिटीले फुलह्यामलाई २–० ले पराजित गरेको छ । लेस्टरका लागि इहेनाचोले १७ औँ तथा जस्टिनले ४४ औँ मिनेटमा गोल गरे ।

जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको २१ खेलबाट ४७ अंक भएको छ । तेस्रो स्थानमा उक्लिएको लेस्टर सिटीको २२ खेलबाट ४२ अंक भएको छ ।

यसैबिच बुधबार राति नै भएको खेलमा एभर्टनले लीड्सलाई २–१ ले पराजित गरेको छ।

प्रकाशित मिति : २२ माघ २०७७ बिहिबार ००:००  ८ : २१ बजे