८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

सिद्धार्थ क्याम्पसमा नव आगन्तुक विद्याथीलाई स्वागत, बैशाखबाट बससेवा संचालन हुने



मायादेवी अनलाइन, जितपुर ।

सिद्धार्थ क्याम्पसमा वाणगंगा बुङचीमा कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ । सिद्धार्थ क्याम्पस स्ववियु र कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्याथीलाई एक कार्यक्रमकाबीच स्वागत गरेका हुन् । कार्यक्रममा बोल्दै प्लस टु ब्यवस्थापन समिती अध्यक्ष रवि बहादुर काफ्लेले अब बैशाखदेखी क्याम्पसमा बस संचालनको तयारी गरीएको भन्दै विद्यार्थीलाई सहज हुने बताउनुभयो । क्याम्पसले विद्यार्थीको हकहितको लागि काम गर्ने भन्दै राम्रो संग अध्ययन गर्न सम्पूर्ण विद्यार्थीलाई आग्रह गर्नुभयो । यस्तै विशिष्ट अतिथी क्याम्पस प्रमुख खेमराज शर्मा, सहायक क्याम्पस प्रमुख गोबिन्द खनाल, विद्यार्थी नेता सुशिल खत्री, प्लस टु संयोजक राजकुमार अर्याल, विद्यार्थी नेता पुस्कर भुषाल, युवा नेता किरण खड्का लगाएतले बोल्दै नेपालकै उत्कृष्ट क्यूएए मान्यता प्राप्त सिद्धार्थ क्याम्पसमा अध्यननका लागि आउने विद्यार्थीलाई स्वागत गर्दै सिद्धार्थको गरिमालाई उचो राख्नेगरी अध्यनन गर्न सुझाव दिनुभयो । साथै विद्यार्थीको लागि हरेक क्षेबाट सहयोग गर्ने पनि बताउनुभएको छ । विद्यार्थीलाई पर्ने हरेक समस्या समाधानका लागि स्ववियु साथमा रहेको सभापति सुशिल खत्रीले बताउनुभएको छ । कार्यक्रम पुस्कर शर्माको अध्यक्षता र रश्मी श्रेष्ठको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा लोक तथा दोहोरी गायक विमल गैरे लगाएतको प्रस्तुती रहेको थियो ।

प्रकाशित मिति : २७ माघ २०७७ मंगलबार ००:००  ७ : ५९ बजे