२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

केपी ओली कागजी बादशाह हुन्, अब ती ढलिसकेः रामकुमारी झाँक्री



काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओली कागजी बादशाह भएको बताएकी छन्।
बुधबार नेकपा दाहाल–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभामा बोल्दै झाँक्रीले यस्तो बताएकी हुन्।

उनले भनिन्, ‘खड्गप्रसाद ओली कागजी बादशाह हुन्। ती अब ढलिसके।’ उनले अहिलेको यो लडाईं ओलीविरुद्धको मात्र नभई ओली प्रवृतिविरुद्ध भएको बताइन्। अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले अब ओली प्रवृति नदोहोरिने सुनिश्चितता गर्नुपर्ने उनको भनाइ छ।

नागरिकहरुको बलिदानबाट आएको व्यवस्थामा जनताको बोल्न पाउने अधिकार कसैले खोस्न नसक्ने झाँक्री बताइन्।

प्रकाशित मिति : २८ माघ २०७७ बुधबार ००:००  ३ : २४ बजे