२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

रामकुमारी झाँक्रीले नाराबाजीबीच घरबाटै दिइन् गिरफ्तारी



काठमाडौं ।

प्रहरीले नेकपाको प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई घरबाटै पक्राउ गरेको छ। बिहीबार संखमुलस्थित निवासमै पुगेर प्रहरीले उनलाई पक्राउ गरेको हो। नेतृ झाँक्रीलाई राज्‍यविरुद्धको अपराधको मुद्दा लगाइएको छ।

नेकपाका कार्यकर्ताहरूले झाँक्रीको समर्थन र सरकारको विरोधमा चर्का नाराबाजीसमेत गरेका थिए। झाँक्रीले गोरखामा राष्ट्रपतिका विषयमा दिएको मन्तव्‍यका क्रममा सोधपुछ गर्न महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले उनलाई सोधपुछका लागि बोलाएका थिए।

गोरखाको एक कार्यक्रममा नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ तथा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे टिप्पणी गरेको विषयलाई लिएर अखिल नेपाल महिला संघ अनेमसंघले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै झाँक्रीलाई पक्राउ गरी कारबाही माग गरेको थियो।

प्रकाशित मिति : २९ माघ २०७७ बिहिबार ००:००  १ : ०४ बजे