९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

भाइले चलाएको बन्दुकको गोली लागेर दाजुको मृत्यु



दाङ ।

भाइले चलाएको बन्दुकको गोली लागेर दाङको गढवा गाउँपालिका–२ मा दाइको मृत्यु भएको छ। मृत्यु हुनेमा ३९ वर्षीय इन्द्रबहादुर राना थापामगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
बुधवार दिउँसो करिब साढे २ बजेतिर वडा नम्ब। २ को चिमचिमे तिलतिले डाडाँमा सिकार खेल्न गएको बेला २७ वर्षीय सूर्यबहादुर राना थापामगरले हानेको बन्दुकको गोली लागेर इन्द्रबहादुरको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
दाजुभाइ भरुवा बन्दुक बोकी सिकार खेल्न जंगलमा गएका बृदा सूर्यबहादुरले हानेको गोली इन्द्रबहादुरको बाँया हातको काखीमुनि लागेको प्रहरीले जनाएको छ। प्रहरीले एक नाल भरुवा बन्दुकसहित सूर्यबहादुरलाई नियन्त्रणमा लिएको छ। सूर्यबहादुरविरुद्ध कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको जनाएको छ। मृतकको सवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको समेत प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ माघ २०७७ बिहिबार ००:००  २ : ०४ बजे