२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

नेपालमा थप १ सय १० जनामा कोरोना पुष्टि



काठमाडौं ।
नेपालमा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३२१८ मा कोरोना परीक्षण गर्दा ११० जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ६६६ पुगेको छ। पछिल्लो २४ घन्टामा १०२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ६८ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०६५ पुगेको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७ मंगलबार ००:००  ४ : ३८ बजे