८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

देउवाले बोलाए आज अपरान्ह ३ बजे पदाधिकारी बैठक



काठमाण्डौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। बिहीबार अपरान्ह ३ बजेका लागि पदाधिकारी बैठक बस्न लागेको छ। पार्टी सभापति देउवाको निवासमा पदाधिकारी बैठक बस्ने भएको हो।देउवाका सहयोगी भानु देउवाका अनुसार आज अपरान्ह ३ बजे पदाधिकारी बैठक बस्दैछ।

सभापति देउवाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न पदाधिकारी बैठक राखेका छन्।

बुधबार नेकपाका प्रचण्ड(नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देउवालाई भेटेर मिलेर जानुपर्ने बताएका थिए।

देउवाले पार्टीमा छलफल गरेपछि मात्रै आफूले निर्णय दिन सक्ने जवाफ दिएका थिए। आफ्ना पार्टीमा आन्तरिक छलफलपछि फेरि छलफलमा जुट्ने गरी बुधबार बैठक सकिएको थियो।

प्रकाशित मिति : १३ फाल्गुन २०७७ बिहिबार ००:००  ७ : २१ बजे