२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

भारतबाट भित्रिएको अवैध कुखुराको चल्ला बरामद



दाङ ।
भारतबाट नेपाल भित्रिएको अवैध कुखुराको चल्लालाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ । चितवनको कुखुरा भन्दै भारतबाट भित्रिएको कुखुराको चल्ला सोमबार वडा प्रहरी कार्यालय लमहीले छड्के जाँच गर्दा करिब १२ हजार कुखुराको चल्ला बरामद गरिएको प्रहरी प्रमुख राजन पौडेलले जानकारी दिए ।

चन्द्रौटाबाट लोड गरेर बाँके पु¥याउन थालिएको कुखुराको चल्ला लमहीमा नियन्त्रण गरेर नष्ट गरिएको दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण अचार्यले बताए। ह्याचरी व्यवसायीको रोहबरमा कुखुराको चल्ला नष्ट गरिएको छ। भारतबाट कुखुराको चल्ला ल्याउदा वर्ड फ्लूको जोखिम रहन्छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७ सोमबार ००:००  ४ : ३३ बजे