८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पेरिसडाँडामा बस्दै



काठमाण्डौँ ।

नेकपाको प्रचण्ड(नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज दिउँसो बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा उक्त समूहले बुधबार दिउँसो १ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ।प्रतिनिधि सभा बैठक फागुन २३ गते बस्ने गरी सरकारको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गरेपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति तय गर्न बैठक बस्न लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो।प्रधानमन्त्रीले असंवैधानिक काम गरेको भन्दै प्रचण्ड-नेपाल समूह प्रधानमन्त्रीले नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्ने बताउँदै आएको छ।तर प्रधानमन्त्री ओलीले देशका विभिन्न ठाउँमा भएका सभाहरूमा पुगेर अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन्।

प्रकाशित मिति : १९ फाल्गुन २०७७ बुधबार ००:००  ७ : १२ बजे