२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

आजबाट दोश्रो चरणको खोप, प्रधानमन्त्रीसहित ६५ वर्षमाथिकाले खोप लगाउँदै



काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज यहाँ सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउनुहुने कार्यक्रम रहेको जानकारी दिए।

सरकारले भोलिदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ । सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ । आज विहान सबा ११ बजे ३ लाख डोज खोप आउने बताइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७ आइतबार ००:००  ६ : ०५ बजे