८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

के भयो कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई ? ह्याम्स अस्पताल भर्ना



काठमाण्डौँ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही ह्याम्स अस्पताल भर्ना भएका छन्। उच्च रक्तचापको समस्याका कारण मुख्यमन्त्री शाही अस्पताल भर्ना भएका हुन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही शुक्रबार अस्पताल भर्ना भएको प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
प्रदेश मन्त्री ज्वालाले मुख्यमन्त्री शाहीको रक्तचाप नियन्त्रणमा आएको र आइतबारसम्म डिस्चार्ज हुने पनि बताए।

प्रकाशित मिति : २३ फाल्गुन २०७७ आइतबार ००:००  ६ : १० बजे