८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै‚ यस्ता छन् कार्यसूची



काठमाडौं ।
संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ। आजको बैठकमा विभिन्न विषयका प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिकएको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संवैधानिक आयोगका बार्षिक प्रतिवेदन पेश हुने सम्भावित कार्यसूची छ। यस्तै‚ न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६र७७ र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन पेश हुने संसद सचिवालयले जनाएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पनि वार्षिक प्रतिवेदन पनि पेश हुने सम्भावित कार्यसूची सचिवालयले सार्वजनिक गरेको छ।
सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि प्रतिनिधिसभाका बैठकहरू शोक प्रस्ताव र संवैधानिक आयोगका प्रतिवेदनहरू पेश हुँदै आएका छन्।

प्रकाशित मिति : १० चैत्र २०७७ मंगलबार ००:००  ७ : ४७ बजे