८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

चैत २० सम्म त्रिविमा पढाइ नहुने, परीक्षा चल्ने



काठमाण्डौँ ।

त्रिभुवन विश्वविद्यालयले चैत २० गते शुक्रबारसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। त्रिवि रजिष्ट्रारको कार्यालय अन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सूचना निकालेर पठनपाठन बन्द हुने उल्लेख गरेका छन्।प्रदूषण बढेको र यसले विद्यार्थीलाई असर पर्न सक्ने भन्दै पठनपाठन रोकिएको हो। आजदेखि चैत २० गतेसम्म पठनपाठन रोकिए पनि पूर्वनिर्धारित कार्यतालिकाअनुसार परीक्षा भने सञ्चालन हुनेछ।सरकारले विद्यालयहरू पनि बन्द गरेको छ।

प्रकाशित मिति : १७ चैत्र २०७७ मंगलबार ००:००  ८ : १५ बजे