८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

शेखर कोइरालाको घोषणा-१४ औं महाधिवेशनमा सभापतिबाहेक कुनै पदमा लड्दिनँ



कास्की ।
नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले आगामी महाधिवेशनमा सभापतिबाहेक कुनै पदमा आफूले उम्मेदवारी नदिने घोषणा गरेका छन्।शनिबार गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले पोखरामा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दा कोइरालाले यस्तो बताएका हुन्।

‘म १४ औं महाधिवेशनमा सभापतिबाहेक कुनै पनि पदमा उम्मेदवारी दिन्नँ,’ कोइरालाले भने।आफू सभापतिमा पुगे अहिलेजस्तो कुनै पनि कार्यकर्ताले अन्याय र दुस्ख पाउन नपर्ने कोइरालाले बताए।‘म कसैमाथि अन्याय हुन दिन्नँ। कुनै पनि कार्यकर्ताको क्षमता, योग्यता र योगदानको आधारमा पार्टीमा स्थान दिन्छु,’ उनले भने।

कोइरालाले वर्तमान संसद अनिर्णयको बन्दी बनेकाले अब कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचनमा जानुपर्ने बताए।उनले प्रधानमन्त्री केपी ओली र सभामुख अग्नि सापकोटा दुबैका कारण संसद अनिर्णयको बन्दी बनेको पनि बताए।‘हिजो संविधान गुम्ने अवस्था थियो र हामीले संविधान जोगाउनकै लागि संसद पुनर्स्थापना भन्यौं। तर, अहिले पुनर्स्थापित संसदले विजनेस दिन सकेन। सभामुखको भूमिका पनि सन्तोषजनक रहेन,’ कोइरालाले भने।

कोइरालाले यो सरकार र संसदलाई राखिराख्नुपर्ने कुनै कारण नभएको बताए।कांग्रेस केन्द्रीय सदस्यहरू कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे र जीवन परियारले कांग्रेसको अहिलेको नेतृत्वले कार्यकर्तामाथि न्याय गर्न नसकेको र विधान अनुसार पार्टी चलाउन नसकेको बताए।

प्रकाशित मिति : २९ चैत्र २०७७ आइतबार ००:००  ६ : ०७ बजे