२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

बामदेवलाई पचेन ओलीसंगको डिनर र भने- तपाइँसंग आउन सक्दिनँ



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रस्ताव नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अस्वीकार गरेका छन्।
बिहीबार बेलुका भएको डिनर मिटिङमा प्रधानमन्त्री ओलीले गौतमलाई उपाध्यक्षको हैसियतले पार्टीको काममा फर्किन गरेको प्रस्ताव अस्वीकार गरेको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाकारी दिएका छन्।

उनले लेखेका छन्, ‘हिजो ९ गते क. केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाईले गर्नुभएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ। उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिएँ। डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ।’

No description available.

केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा गौतम प्रधानमन्त्रीलाई भेट्न बिहीबार साँझ बालुवाटार पुगेका थिए। भेटमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, कानुनमन्त्री लीलानाथ श्रेष्ठ पनि सहभागी थिए। भट्टराईका अनुसार प्रधानमन्त्री र गौतमले एक्ला(एक्लै लामो छलफल गरेका थिए।

प्रकाशित मिति : १० बैशाख २०७८ शुक्रबार ००:००  ७ : २८ बजे