२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

होटलमा यौन सम्पर्क गरिरहेको अवस्थामा गाउँपालिका अध्यक्ष पक्राउ



काठमाडौँ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव युवतीलाई होटल लगेर यौन सम्पर्क गरिरहेको अवस्थामा पक्राउ परेका छन्। उक्त गाउँपालिका(३ निवासी ५४ वर्षीय यादव धरान उपमहानगरपालिका(१३ स्थित एक होटलमा युवतीसँग सहबास गर्दै गरेको अवस्थामा फेला परेको सुनसरी प्रहरीले जनाएको छ।

युवतीले जागिर लगाइदिन्छु भन्ने प्रलोभनमा यौन सम्पर्क गर्न बाध्य बनाएको प्रहरीलाई बताएकी छिन्। खाजा खाने भन्दै यादवले आफूलाई होटलमा ल्याएको ती युवतीको भनाइ छ।

प्रकाशित मिति : १० बैशाख २०७८ शुक्रबार ००:००  ८ : २५ बजे