६ असार २०८३, शनिबार | Sun Jun 21 2026

रुपन्देहीमा आजदेखि २ साता लकडाउन



बुटवल ।
जिल्ला प्रशासन रुपन्देहीले बुधबार (आज) विहान ६ बजेदेखि लागु हुनेगरी जिल्ला भर निषोधाज्ञा जारी गरेको छ ।

बैशाख ३० गते विहान ६ बजेसम्मको अवधिका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए ।

२ हप्ता हुने निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नदिने भएको छ । अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने छ ।

जसमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु रहेका छन्। त्यसै गरी आवश्यक बाहेकका पसल व्यवसाय बन्द गरिने भएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८ बिहिबार ००:००  ६ : ०४ बजे