२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

बाणगंगामा सुरु भयो अक्सिजन बैंक



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामामा अक्सिजन बैकं संचालन गरिएको छ । बाणगंगा नगर क्षेत्र भित्र रहेका विभिन्न गैर नाफामुलक संस्थाहरु लायन्स क्लब अफ बाणगंगा, लायन्स क्लब अफ कपिलवस्तु, कपिलवस्तु जेसिस, सिद्धार्थ सामाजिक बिकास केन्द्र, बाणगंगा ट्रक यातायात ब्यवसायी समिती, कपिलवस्तु सामुदायिक अस्पताल तथा नेपाल राष्ट्रिय उद्योग ब्यापार सङ्गठन कपिलवस्तु लगायतको पहलमा बाणगंगामा अक्सिजन बैंक सन्चालनमा आएको हो ।

बाणगंगा नगर भित्र कोभिड-१९ तथा अन्य सङ्क्रमणले सङ्क्रमितहरुले अक्सिजन अभाबमा ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले अक्सिजन बैंक सन्चालनमा ल्याएको अभियानका संयोजक रमेस चन्द्र भुसालले बताए ।

उक्त अक्सिजन बैंक संचालन गर्न जिल्लाका विभिन्न संघ सस्था तथा स्वयंसेवीहरुले आर्थिक भौतिक सहयोग गरिरहेको र जोडिने क्रम जारी रहेकोले अभियान सहज रुपमा सन्चालन भैरहेको जानकारी संयोजक भुषालले बताए ।

त्यसैगरी यस क्षेत्रका समस्त उद्योगी, ब्यबसायिहरुले अभियान लाई सार्थक बनाउन सहयोग गरिरहेको र बर्तमान समयमा आवश्यक सहयोगको लागि सम्पुर्ण ब्याबसायीलाई अपिल समेत नेपाल रास्ट्रिय उद्योग ब्यापार सङ्गठन कपिलवस्तुका अध्यक्ष हुमनाथ पौडेलले जानकारी बताएका छन् ।

लायन्स क्लबबाट ११ थान अक्सिजन सिलिन्डर निःशुल्क भर्ने ब्यवस्था गरिएको अभियानका सदस्य एबं लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष सुरेन्द्र घिमिरेले जानकारी दिए ।

अभियान सम्पन्न भए सङ्गै सामाजिक लेखाको आधारमा हरेक हिसाब पारदर्शी रुपमा सार्वजनिक गरिने भएकाले सबैलाई अभियानमा जोडिन अभियानका कोषाध्यक्ष एबं कपिलवस्तु जेसिसका अध्यक्ष भिमकान्त भट्टराईले आग्रह गरेका छन् ।

महामारीको बेला सामाजिक सङ्घ संस्थाहरुको समेत सामाजिक उत्तरदायित्व हुने हुनाले यो महा अभियानमा जोडिन सिद्धार्थ सामाजिक बिकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यले सम्पूर्णमा आह्वान गरेका छन् ।

No description available.

प्रकाशित मिति : २६ बैशाख २०७८ आइतबार ००:००  ३ : १२ बजे