१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026

कोरोनाले डाक्टर पूज्यश्री कार्कीको निधन



काठमाडौं ।

प्राध्यापक डाक्टर पूज्यश्री कार्कीको निधन भएको छ। कोरोनाभाइरस संक्रमणपछि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारत कार्कीको आज निधन भएको हो।

नेपाल चिकित्सक संघका महासचिव बद्री रिजालका अनुसार डाक्टर कार्की इमान्दार, लगनशील र निष्ठावान तथा प्रतिष्ठित नेत्र रोग विशेषज्ञ थिइन्।

प्रकाशित मिति : ५ जेष्ठ २०७८ बुधबार ००:००  ३ : ५६ बजे