८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रधानमन्त्री ओली पनि शितल निवासमा



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपति कार्यालय शितल निवासमा पुगेका छन्। उनी नयाँ सरकार बनाउने दाबी प्रस्तुत गर्न विपक्षी गठबन्धनभन्दा पहिले नै शितल निवास पुगेको बताइएको छ। जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहका सांसदहरूको हस्ताक्षर बिहीबार राति नै प्रधानमन्त्रीलाई बुझाइसकेको एक सांसदले बताए।

हामीले चाहिने जति हस्ताक्षर हिजै बुझाइसकेका छौं। प्रधानमन्त्री ओली त्यही लिएर जानुभयो होला। राष्ट्रपतिले ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ होला,’ ती सांसदले भने। यता विपक्षी गठबन्धनबाट १४९ सांसदको हस्ताक्षर लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्रीमा दाबी पेश गर्न शितल निवास गएका छन्। उनलाई एमालेका २७ र जसपाका १३ सांसदले साथ दिएका छन्।

प्रकाशित मिति : ७ जेष्ठ २०७८ शुक्रबार ००:००  ४ : ०५ बजे