८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

संसद विघटनको विरुद्धमा विपक्षी गठबन्धन भोलि १० बजे मात्रै सर्वोच्च जाने



काठमाडौँ ।

सांसदहरुको हस्ताक्षर संकलन कार्य जारी रहेकाले विपक्षी गठबन्धन संसद विघटनविरुद्ध सोमबार मात्रै सर्वोच्च अदालत जाने भएको छ।

नेकपा एमालेकी सांसद सरला यादवका अनुसार केही सांसदहरु आउनेक्रम जारी रहेकाले भोली मात्रै संसद पुनःस्थापनाको मागसहित रिट हाल्न सर्वोच्च जाने निर्णय भएको हो।

उनले नेकपा एमालेका तर्फबाट हालसम्म २० जना सांसदले रिटका लागि हस्ताक्षर गरिसकेको बताइन्। उनले भनिन,‘हस्ताक्षर गर्न चाहेका केही सांसद आउनु भएको छैन। कोही बाहिर हुनुहुन्छ। कोही बिरामी पर्नु भएको छ।’

रिटका लागि प्रतिपक्ष नेपाली काँग्रेस, माओवादी केन्द्रले पनि आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेको छ। नेपालपक्षसँगै यी दलका सबै सांसदहरुको हस्ताक्षरसहित नेताहरु सोमबार बिहान १० बजे जाने भएका हुन्।

प्रकाशित मिति : ९ जेष्ठ २०७८ आइतबार ००:००  ३ : ५८ बजे