८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने



काठमाडौं ।

प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै दायर सबै रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पूर्ण एकल इजलासले बिहीबार १९ वटा रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सबै रिट संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो। यस्तै इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ।

रिट निवेदकले अन्तरिम आदेशमार्फत प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा बदर गर्न माग गरेका थिए। त्यस्तै रिटमा देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश समेत माग गरिएको थियो।

सर्वोच्चका संचालविज्ञ किशोर पौडेलले सबै रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमा हुने आदेश दिएको जानकारी दिए।

सर्वोच्चमा आज देउवाको पक्षका १४ र चुनावको पक्ष तथा केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै दर्ता भएका चार वटा रिटमाथि सुनुवाइ भएको हो। संवैधानिक इजलास शुक्रबार बस्नेछ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८ बिहिबार ००:००  २ : ३० बजे