मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा पम्पसेटको पट्टामा कपाल अल्झी पंखीमा बेरिएर १७ बर्षीया किशोरीको मृत्यु भएको छ ।
आइतवार करिब साँझ ४ बजेतिर खेतमा बिउ राख्न हिलो बनाउने क्रममा बोरिङबाट पानी चलाउँदा वापसी पाइपबाट खसेको पानीले नुहाउँदा उक्त घटना भएको जनाइएको छ ।
घाइते किशोरीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँपालिकाको वडा नं. ७ बडसुडवा बस्ने कन्हैया प्रसाद नाउँको छोरी सरिता नाउँको मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक रण बहादुर विष्टले जानकारी दिनुभएको छ ।
शव पोष्टमार्टमका लागि शिजराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरी निरिक्षक विष्टले बताउनुभएको छ ।







प्रतिक्रिया