८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कोपा अमेरिकाः समूह एबाट क्वाटरफाइनल पुग्ने चारवटै टोलीको टुंगो




काठमाडौँ । कोपा अमेरिका फुटबल अन्तगर्त समूह एबाट क्वाटरफाइनल पुग्ने चारवटै टोलीको टुंगो लागेको छ।
अर्जेन्टिना, पाराग्वे, चिली र उरुग्वे अर्को चरणमा पुग्ने निश्चित भएको हो।तर, कुन स्थानमा रहेर अर्को चरणमा कोसँग खेल्छन् भन्ने तय हुन बाँकी छ।

शुक्रबार बिहान भएको खेलमा उरुग्वेसँग पराजित भएसँगै बोलिभिया समूह चरणबाटै बाहिरिएको छ।उरुग्वेले बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित पारेको हो।उरुग्वेको जितमा एडिन्सन काभानीले एक गोल गरेका थिए भने एक गोल आत्मघाती उपहार पाएको थियो ।

प्रकाशित मिति : ११ असार २०७८ शुक्रबार ००:००  ८ : १५ बजे