२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कपिलवस्तुमा चिठ्ठाको बिगबिगी, ठगी आरोपमा दुई जना पक्राउ



अराज सिहं बेल्बासे, चन्द्रौटा, ३ माघ ।
लाखौंको चिठ्ठा परेको भन्दै भाइबर तथा इमोबाट ठगी गर्ने १ जनालाई वडा प्रहरी कार्यलय चन्द्रौटाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत गोरखपुर थाना शाहपुरका २८ बर्षिय अजित कुमार सिंह रहेका छन् । उनलाई प्रहरीले चन्द्रौटाको जस्मिन मनि टान्र्सफर बाट चिठ्ठा पर्यो भन्दै ठगि गरिएकाको पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो । शंका लागि खोजतलास गर्दा सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ८ का २८ बर्षिय सरोज रानामगरले चिठ्ठाको लागी भन्दै पठाएको ५५ हजार निकाल्दै गर्दा उनि पक्राउ परेका हुन ।

ठगिएका सरोज रानाले २५ लाखको चिठ्ठा पर्यो भनि अपरिचित नम्बर बाट फोन आएको र कर स्वरुप ५५ हजार पठाए पछि २५ लाख पाइने भने पछि उक्त रकम पठाएको बताए । घटना पछि पिडित सरोज रानाले चन्द्रौटा वडा प्रहरी कार्यलयका आइ जाहेरी दिएका छन । ठगिमा अरु धेरैको सलंनता रहेको हुन सक्ने भन्दै म्याद थप गरि अनुसन्धान जारी रहेको वडा प्रहरी कार्यलयका प्रहरी निरिक्षक झबिन्द्र भट्टराइले बताउनु भयो ।

चिठ्ठा पर्यो भन्दै ठगि गर्ने हरुले नम्कली नेपालको झण्डा सहितको प्रमाण पत्र बनाइ ठग्ने गरेको पाइएको छ । पछिल्लो समय नेपालमा धेरै मानिस यस्ता भारतिय हरु बाट ठगिरहेकोले यस्ता हल्लाको पछि नलाग्न प्रहरी निरिक्षक भट्टराइले अनुरोध गर्नु भयो । साथै नेपालको प्रचलित कानुन अनुसार कुनै चिठ्ठा पर्दा चिठ्ठा कम्पनिले नै लाग्ने कर कट्टी गरेरै उपलब्ध गराउने भएकोले पनि सर्व साधरण लाइ सचेत हुन अनुरोध गर्नु भयो ।

केही दिन अघि जिल्ला प्रहरी कार्यलयले समेत कृष्णनगर नगरपालिका वडा नं. ३, झण्डिनगरका ३३ वर्षीय सन्तोष कुमार गुप्ता बानिया लाई चिठ्ठा पर्यो भन्दै ठगेको रकम निकाल्दै गर्दा कृष्णनगरमा रहेको सिद्धार्थ बैंक लिमिटेडबाट पक्राउ गरेको थियो ।

 

प्रकाशित मिति : ३ माघ २०७४ बुधबार ००:००  ४ : ५४ बजे