२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

रुपा सुनारको रिटमा सर्वोच्चद्वारा मन्त्री श्रेष्ठसँग लिखित जवाफ माग



काठमाडौं ।
सर्वोच्च अदालतले जातीय विभेदसँग सम्बन्धित घटनामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठसँग लिखित जवाफ मागेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उनलाई जवाफका लागि १५ दिनको समय दिएको हो। रिटमा अन्तरिम आदेश जारी हुने नहुने विषयमा दुबै पक्षलाई छलफलका लागि असार २९ गते बोलाएको छ ।

जातीय विभेदको आरोप लागेकी घरबेटी सरस्वती प्रधानलाई रिहा गराउन झण्डावाल गाडीमा प्रहरी कार्यालय पुगेका श्रेष्ठविरुद्ध रुपा सुनारले मुद्दा हालेकी थिइन्।

जातकै आधारमा आफूलाई प्रधानले कोठा भाडामा नदिएको आरोपमा रुपाले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति : २३ असार २०७८ बुधबार ००:००  ५ : ०० बजे