२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

कपिलधाममा मनाइयो आदिकवि भानुभक्तको २०८ औं भानु जयन्ती



बाबुराम रायमाझी, वाणगंगा ।
कपिल प्रज्ञा पुस्तकालयको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २०८ औं भानु जयन्ती वाणगंगा नगरपालिकाको कपिलधामस्थित साहित्य चौतारी तिर्थस्थलमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

साहित्य चौतारीमा रहेकोे आदिकविको शालिकमा साहित्यकार, बुद्धिजिवी, संचारकर्मी लगायतले माल्यार्पण गर्नु भएको थियोे । कार्यक्रममा दिपक कुँवर, प्राकृतिक चिकित्साका आत्माराम आचार्य आदिले आदिकवि भानुभक्तको कृतिको बारेमा कविताको माध्यमद्वारा चर्चा गरिएको थियोे ।

कार्यक्रममा कपिल आरोग्य मन्दिर कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्य, संचारकर्मी बाबुराम रायमाझी, छ्न्दबादी समाजका पूर्व अध्यक्ष ऋषिकेश भारद्वाज आदिले आदिकवी भानुभक्त भनेका राष्ट्र«का गहना भएको हुँदा राज्यले यस्ता साहित्य स्रस्टाहरुको संरक्षण एंव सम्मान गर्नुपर्ने कुरा बताएका थिए ।

कार्यक्रम कपिल प्रज्ञा पुस्तकालयका अध्यक्ष इन्द्र बहादुर कोइरालाको अध्यक्षता बिनिराम पौडेलको स्वागत र दुर्गा प्रसाद पौडेलको संचालनमा भएको थियोे ।

प्रकाशित मिति : २९ असार २०७८ मंगलबार ००:००  १ : २४ बजे