२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

प्रतिनिधि सभामा विश्वासको मत लिँदै प्रधानमन्त्री देउवा



काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेका छन्। आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले प्रधानमन्त्रीमा विश्वासको मत मागेका हुन्। सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधि सभाको आज पहिलो बैठक बसेको थियो। प्रधानमन्त्रीमा देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चालगायतले मत दिने बताएका छन्।
यस्तै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केही सांसदहरूले पनि देउवालाई विश्वासको मतको पक्षमा मत दिने बताइरहेका छन्।

प्रकाशित मिति : ३ श्रावण २०७८ आइतबार ००:००  ६ : ४४ बजे