२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

कपिलवस्तुको बाणगंगा ९ मा लागुपदार्थ दुव्र्यसनी सम्बन्धि जनचेतना



बाबुराम रायमाझी, भलवाड ।
कपिलवस्तुको बाणगंगा– ९ भर्तापुरमा लागु पदार्थ दुव्र्यसनी सम्बन्धि १ दिवशीय जन चेतनामूलक कार्यक्रम भएको छ । प्रयास सामाजिक युवा क्लबको आयोजना, अमृते सामुदायिक बनको सहयोग, आस्था फाउन्डेसन जितपुर एंव इलाका प्रहरी कार्यालय पिपराको समन्वयमा कार्यक्रम भएको हो ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश गुरुङको प्रशिक्षणमा लागू औषध भनेको के हो ? किन व्यक्तिले यसको सेवन गर्छ ? यसले ब्यक्ति,परिबार, समाजमा कस्तो असर पार्छ ? लागु पदार्थ दुव्र्यसनी गर्ने कारोबारीलाई के कस्तो दण्ड, सजाय हुन्छ भन्नेबारे प्रशिक्षण दिनु भएको थियोे ।

कार्यक्रममा आस्था फाउन्डेसन जितपुरका संयोजक हेमन्त थापाले पनि लागु औषधमा कुनै लिङ्ग, बर्ग, रङ्ग नहुने, प्राय १३ देखि १७ बर्ष सम्मका उमेरका ब्यक्ति यो लतमा बढी लाग्ने गरेका जस्ता बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा भुपु लागू औषध सेबनकर्ताबाट आफुले गरेका क्रियाकलापका अनुभव बताउँदै त्यस्ले पारेको नकारात्मक असर र त्यसको लतबाट आफु कसरी परिबर्तन भएको कुरा बताएका थिए ।

वडा नं. ९ का वडाध्यक्ष ध्रुव बेल्बासेले पछिल्लो समय वडामा लागू औषधको बिगबिगी बढेकोमा चिन्ता व्यक्त गर्दै यसको न्यूनीकरणका लागि ईलाका प्रहरी कार्यालय पिपरासंग समन्वय गरी वडाका टोल टोलमा सचेतना कार्यक्रम गर्ने कुरा बताउनुभयो ।

प्रकाशित मिति : १७ श्रावण २०७८ आइतबार ००:००  ४ : ३४ बजे