२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

कक्षा १२ को सहित सबै परीक्षा स्थगन गर्ने प्रस्ताव



काठमाडौं

कोभिड(१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको भन्दै निकट भविष्यमा सञ्चालन हुन लागिरहेको कक्षा १२ को सहित विभिन्न विश्वविद्यालयका परीक्षासम्बन्धी कार्यक्रम स्थगन गर्ने प्रस्ताव राखेका छन्।

सोमबार भर्चुअल रूपमा गरिएको पत्रकार सम्मेलनमा ‘सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना’ सार्वजनिक गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड(१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षासम्बन्धी कार्यक्रम स्थगन गर्ने प्रस्ताव अघि सारेका हुन्।

स्थगन हुने परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्ब उचित निर्णय लिने पनि उनले बताएका छन्।

‘कोभिड(१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ,’ राज्यमन्त्री श्रेष्ठद्वारा जारी प्रतिबद्धतामा उल्लेख छ।

कक्षा १२ को परीक्षाका लागि साउन ३१ भदौ ९ गतेसम्म हुने भनी तालिका पनि सार्वजनिक भइसकेको थियो।

विद्यार्थीले होम सेन्टरबाटै १०० पूर्णाङ्कको परीक्षा दिने व्यवस्था गरिएको थियो।

जेठ २६ गते तय भएको कक्षा १२ परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो।

प्रकाशित मिति : १८ श्रावण २०७८ सोमबार ००:००  ३ : ३१ बजे