काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन् ।
प्रशिक्षक अलमुताइरीले सामाजिक संजाल फेसबुकबाट एक अनलाइन मिडियालाई दिएको अन्तर्वार्ताको विषयमा माफी मागेका हुन् ।
अलमुताइरीले एक अनलाइनसँगको अन्तर्वार्तामा पहिले नेपाली फुटबल खेलाडीहरु नतिजाका लागि भन्दा पनि नयाँ देश हेर्न र घुम्न मात्र जाने गरेको र आफ्नो आगमनपछि राम्रो नतिजा आएको बताएका थिए । उनको त्यस अभिव्यक्ति पछिल्लो समय विवादमा आएको थियो । नेपालका पूर्व खेलाडी र फुटबल समर्थकहरुले उनको अभिव्यक्तिमा विरोध जनाएका थिए । प्रशिक्षक अलमुताइरीले आफ्नो भनाइको गलत अर्थ लागेको महसुस भएको बताउँदै माफी मागेका छन् ।
गत महिना मैले एक अनलाइनमा दिएको अन्तर्वार्ताको बारेमा माफी माग्न यहाँ छु,ु उनले लेखेका छन्, ुनेपाली राष्ट्रिय टिम र खेलाडीको बारेमा बोल्दा मेरो उदेश्य तीन दशकमा नेपालको टिम र अन्य एसियन टिमको विकासको बारेमा बुझाउनु थियो ।ु
पछिल्ला केहि दिनहरुमा मेरा शुभेच्छुक र फुटबललाई माया गर्ने परिवारसँग छलफल गर्दा मैले महसुस गरेको छु कि मेरो भनाइको गलत अर्थ लागेको छ र यसको लागी म धेरै दुस्खी छु,उनले लेखेका छन् ।
पछिल्लो समय अलमुताइरी एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङसँगको विवादमा समेत तानिएका छन् । प्रशिक्षक अलमुताइरीले आइतबार सामाजिक संजाल फेसबुकबाट नेम्बाङको कारण आफुले राजीनामा दिने बताएका थिए ।एन्फाले उक्त विवादको उच्चस्तरीय छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरिसकेको छ ।







प्रतिक्रिया