७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

दाङ बाट पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ



दाङ ।
गढवा गाउँपालिका–१ जुरौलीस्थित पूर्व–पश्चिम राजमार्ग सडकखण्डबाट स्वचालित पेस्तोलसहित दुईजना भारतीय नागरिक पक्राउ गरेका छन्।

पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्लाको नगरपञ्चायत बढनी–३ का २२ वर्षीय कर मुल्लाह आमिर र वडा नम्बर ८ का १९ वर्षीय राजा खान रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। सोमबार साँझ करिब ५ बजे जुरौलीस्थित पूर्व–पश्चिम राजमार्ग सडक खण्डबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए

रिजालका अनुसार जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी पोष्ट कालाकाटेको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। शंकास्पद रुपमा पैदल हिँडिरहेका उनीहरूलाई खानतलासी गर्ने क्रममा करमुल्लाहले दाहिने कम्मरमा भिरेको सिल्भर कलरको स्वचालित पेस्तोल एक थान, म्यागजिन दुई थान र दुईवटा गोली बरामद डिएसपी रिजालले बताए। त्यस्तै, उनीहरूको साथबाट तीनवटा विभिन्न कम्पनीका मोबाइल सेटहरु पनि बरामद भएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ श्रावण २०७८ मंगलबार ००:००  १२ : ५३ बजे