बुटवल । पाल्पाको माथागढी गाउँपालिका ७ मौलाथरका एक युवाले विहेको भोजमा नाच्नेक्रममा लडेर ज्यान गुमाएका छन् । नाचगान गर्ने क्रममा करिब ७ मिटर अग्लो ढिकबाट खेतमा खसेका ४० वर्षीय टलराज नेपालीको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ । माथागढी(७ धनुवा टोलका स्थानीय कृष्ण बहादुर रानाको छोरीको बिहे खान गएका उनी शुक्रबार नाचगानको क्रममा लड्न गई…