काठमाण्डौ । सर्वोच्च अदालतले ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । संवैधानिक इजलासले गएको मङ्सिर २६ गते गरेको निर्णय हिजो सर्वोच्चबाट प्रमाणीकरण भएको हो । सङ्घीय सरकार र मधेश सरकारको बजेट वक्तव्यमा ‘जनयुद्ध’ शब्द प्रयोग भएकोमा यो शब्द संविधानविपरीत रहेकोले हटाउन माग गर्दै ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा रिट दायर गरेका गर्नुभएको थियो ।…