८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नवलपरासीमा तराई मधेस खानेपानी आयोजना अलपत्र



नवलपरासी, ९ साउन –
तराई मधेस खानेपानी सुधार कार्यक्रमअन्तर्गत नवलपरासीमा परेका आयोजनाहरु अलपत्र परेका छन् ।
तराईवासीलाई आर्सनिकमुक्त खानेपानी वितरण गर्न खानेपानी तथा ढल निकास विभागबाट सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत नवलपरासीमा पाँचवटा खानेपानी आयोजना निर्माणका क्रममा रहेको छ ।
परासी क्षेत्रको सरावल गाउँपालिकाको तिलकपुर र बडसारेमा गरी दुईवटा आयोजना, बर्दघाट, सुनवल र सुस्ता गाउँपालिकामा एउटा आयोजना निर्माण हुँदैछन् ।
ती आयोजनाको बोरिङ काम सम्पन्न भएको खानेपानी तथा डिभिजन सहकारी कार्यालय नवलपरासीका इञ्जिनियर शेषकान्त पाण्डेले बताउनुभयो ।
तर स्थानीय तहको पुनः संरचनासँगै खानेपानी तथा डिभिजन सहकारी कार्यालय स्थानीय तहमा जानेकी जिल्लाबाटै खानेपानीको काम अगाडि बढाउने निश्चित नभएपछि अहिले ती आयोजनाहरुको काम ठप्प रहेको छ ।
पाँचवटै आयोजनाको बोरिङसम्मको काम सम्पन्न गर्न अहिलेसम्म रु एक करोड सात लाख खर्च भएको इञ्जिनियर पाण्डेको भनाइ छ ।
गत असार २९ गतेसम्म बोरिङको काम सम्पन्न भए पनि आयोजनाको अझै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नआएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७४ सोमबार ००:००  ११ : ३७ बजे