१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

सर्पले टोकेका विरामीको संख्यामा बृद्धि



कपिलवस्तु साउन १० ।
वर्षासँगै चर्को गर्मी बढ्दै जाँदा कपिलवस्तु स्थित गोरुसिंगे सर्पदंश उपचार केन्द्रमा उपचार गर्न आउने विरामीको भीड बढेको छ । विगत केही बर्षदेखी गोरुसिँगेमा सर्पदंश उपचार केन्द्र सन्चालनमा आएसँगै सर्पदँशका विरामीको उपचार गर्न भिड हुने गर्दछ ।
यसवर्ष मात्रै सर्पदँश उपचार केन्द्रमा ३ सयको हाराहारीमा सर्पदंशका विरामी उपचार गर्न आएकोमा ३ जनाको मृत्यु भएको छ । उपचार केन्द्रमा कपिलवस्तुका अतिरिक्त दाडं, प्युठान, अर्घाखांची, रुपन्देही र भारतको सिद्धार्थनगर आसपासवाट समेत दैनिक विरामी आउने गर्दछन् ।
सर्पले टोकेर यहाँ उपचार गर्न आएको प्युठानका विरामी मेघ बहादुर कुँवरको भनाइ छ । नेपालको तराई क्षेत्रमा सवैभन्दा वढि करेट, गोमन, भाइपर जातीका सर्प हुने गर्दछन् । अन्धविश्वासका कारण सर्पको टोकाईवाट समयमा उपचार नगराइ झारफुकमा लाग्दा कतिपयको मृत्यु हुने गरेकाले समयमै उपचार केन्द्रमा आउन सचिव नविन भण्डारीको सुझाव छ ।
२०६० सालदेखी नेपाली सेनाको प्राविधिक सहयोग, जिल्ला अस्पतालको औषधी तथा यस भेगका स्थानीयको भौतिक सहयोगमा सर्पदँश केन्द्र सन्चालमा छ ।

प्रकाशित मिति : १० श्रावण २०७४ मंगलबार ००:००  १२ : ३२ बजे