७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपालको विश्वकपमा जाने सपना चकनाचुर



काठमाडौं, साउन १० ।
अण्डर १९ आइसिसी विश्वकप छनौट अन्तर्गत नेपाल मंगलबार आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग ९६ रनले पराजित भएको छ । अफगानिस्तान सँगको दुबै खेल हारेको नेपाल १९ वर्षमुनिको विश्वकपमा जाने सपना चकनाचुर भएको छ ।
सिंगापुरमा भइरहेको खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ गर्दै १ सय ९६ रनको लक्ष्य दिएको थियो । नेपाल ४० ओभर ३ बलमा ९९ रन बनाउँदा अल आउट भएको हो । नेपालका दिपेन्द्र सिंह ऐरीले ८१ बलमा ४८ रन बनाउनुबाहेक अरुले राम्रो खेल्न सकेनन् ।
यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४६ दशमलव ५ ओभरमा सबै १० विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । बलिङतर्फ नेपालका सहाब आलमले ४ तथा दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । अफगानिस्तानका इब्राहिम जदरानले १ सय १४ बलमा १ सय १ रन बनाएका थिए ।
नेपालले यसअघि भएका पाँच खेलमा चार खेल जितेको छ । यसअघिको खेलमा पनि नेपाल अफगानिस्तानसँगै पराजित भएको थियो । डबल राउण्ड रोबिन लिगका आधारमा भएको प्रतिगिताको शीर्ष स्थानमा रहेने टिम विश्वकपका लागि छनोट हुन्छ । जितसँगै अफगानिस्तान १९ वर्षमुनिको विश्वकपका लागि छनोट भएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७४ मंगलबार ००:००  ११ : ४९ बजे