१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

तौलिहवामा ट्याम्पु र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते



मायादेवी अनलाइन, तौलिहवा ।

कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित गौडीचोक–भिक्षुचोक सडकखण्डको आनन्दबागमा ट्याम्पु र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।

दुर्घटनामा अटोमा सवार कपिलवस्तु नगरपालिका–३ सडवाकी ४० वर्षीया राधिका अहिर तथा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–३ महिताका २७ वर्षीय सुमन घिमिरे र स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ का २६ वर्षीय सृजना कुमार पाण्डेय घाइते भएका हुन् ।

घाइते तीनै जनालाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको छ । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारणबारे थप विवरण प्राप्त हुन बाँकी छ ।

प्रकाशित मिति : १ कार्तिक २०८३ शनिबार ००:००  ६ : २४ बजे